कञ्चनपुरमा अवैध काठसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१० जिमुवाका हुनैनाथ फर्निचर उद्योगका सञ्चालक २६ वर्षीय रमेश भट्ट पक्राउ परेका हुन्।
उद्योगमा इजाजत बिनाका अवैध काठका सर सामान बनाउने कार्य भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दा ३४०.४१ क्युफिट आँप, टुडी, मसाला र सिसमलगायतका अवैध काठ फेला पारेको प्रहरीले बताएको छ।सो काठ बरामद गरी सञ्चालक भट्टलाई थप अनुसन्धानको लागि जिल्ला सव डिभिजन वन कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले केटिएम दैनिकलाई बताए।
यस्तै बेलौरी नगरपालिका –४ नयाँ रिछाहास्थित ग्राभिल सडकखण्डमा बेवारिसे अवस्थामा अवैध सालको काठ गोलिया पाँच थान ८.४७ क्युफिट बरामद गरिएको उनले बताए। बरामद काठ आवश्यक कारबाहीका लागि कुण्डा सब डिभिजन वन कार्यालय पचकडिया पठाइएको प्रवक्ता थापाले जानकारी दिए।