सन् १९९२ जुन १३ मा जन्मिएकी दिशा पटानी बलिउडमा स्थापित भइसकेकी छन् । उनले साउथ फिल्म र बलिउडमा काम गरेकी छन् । सन् २०१६ मा रिलिज फिल्म एम एस धोनीः द अन्टोल्ड स्टोरी उनको पहिलो बलिउड फिल्म हो ।
बलिउडका चर्चित अभिनेता टाइगर श्राफको प्रेमिका भएका कारण पनि उनी बारम्बार चर्चामा आइरहन्छिन् । यति मात्र होइन, उनी सामाजिक सञ्जालमा शेयर गरेका हट तस्वीरका कारण पनि चर्चामा आइरहन्छिन् ।
फिल्ममा पनि दिशाले आफ्नो सुन्दरता प्रस्तुत गरेकी हुन्छिन् । आफ्नो फिटनेस र सेक्सी लूकका कारण उनले फ्यानको मन जितेकी छिन् । हालै दिशाले सामाजिक सञ्जालमा शेयर गरेका केही तस्वीर फ्यानको धड्कन बढाएको छ ।
पछिल्लो समय दिशा फिल्म ‘भारत’ मा देखिएकी थिइन् । सामाजिक सञ्जालमा निकै सक्रिय रहेकी उनी आफ्ना फोटाहरु पोष्ट गरिरहन्छिन् । जस्मा उनले फ्यानको माया र गाली पाइरहेकी हुन्छिन् ।
हालै मात्र उनले पाडो सँग रमाउँदै गरेको फोटो शेयर गरेकी छिन् । जुन फोटो सामाजिक सञ्जालमा अहिले भाइरल बनिरहेको छ ।