केही समयअगाडीसम्म ४५ हजारभन्दा माथि रहेको काठमाडौं उपत्यकाको सक्रिय सङ्क्रमितको संख्या १९ हजारमा झरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्गलबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर रहेका ८२ हजार ७३६ सक्रिय सङ्क्रमितमध्ये काठमाडौं उपत्यकामा रहेका सक्रिय सङ्क्रमितको संख्या १९ हजार ३७८ रहेको छ । मङ्गलबार अपरान्हसम्म काठमाडौंमा ११ हजार ४२३, भक्तपुरमा ३ हजार ४५४ र ललितपुरमा ४ हजार ५०१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
सक्रिय सङ्क्रमित भनेको कोरोना भाइरसको सङ्क्रमण भएर अस्पतालमा उपचार गराइरहेका वा होम आइसोलेसनमा रहेका व्यक्तिहरुको संख्या हो । यसमा निको भएका व्यक्तिको संख्या गणना हुँदैन ।
थप १ हजार २२६ जनामा सङ्क्रमण
वितेको २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार २२६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । मन्त्रालयले आज सार्वजनिक गरेको विवरणअनुसार वितेको २४ घण्टामा काठमाडौंमा ८३६, भक्तपुरमा १२१ र ललितपुरमा २६९ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
५ हजार १५३ मा सङ्क्रमण हुँदा साढे ६ हजारबढी निको
नेपालमा वितेको २४ घन्टामा साढे ६ हजार भन्दा बढी व्यक्तिहरु कोरोना...
मङ्गलवार, जेठ २५ २०७८