मोरङको बेलबारी नगरपालिकामा बोयर जातको बाख्रा किन्दा एक करोड रुपैयाँ चलखेल भएको पाइएको छ । नगरपालिकाकाले अस्ट्रेलियाबाट ल्याएको भन्दै वितरण गरेको बोयर जातको बाख्रा खरिदमा एक करोड रुपैयाँको चलखेल भएको हो । १० दिनअघि नगरपालिकाले अस्ट्रेलियाबाट चार्टर गरी ल्याइएको दाबी गर्दै कृषक समूह तथा ब्यवसायिक फर्महरूलाई बोयर जातका बाख्राका पाठा–पाठी वितरण गरेको थियो । ११ वटै वडामा ५२ वटा बोयर जातको बोका तथा ३८ वटा पाठी वितरण गरिएको थियो ।
बेलबारी नगरपालिकाले बाँड्यो अस्ट्रेलियाबाट ल्याएको बोयर जातको बाख्रा
मोरङको बेलबारी नगरपालिकाले अस्ट्रेलियाबाट ल्याएर किसानहरूलाई बोयर जातको बाख्रा वितरण गरेको...
शनिवार, जेठ १५ २०७८नगर प्रमुख ज्ञानेन्द्र सुवेदी स्वयमले एक करोड २५ लाख मूल्य खर्च गरेर ल्याइएको भन्दै किसानहरूलाई छिटो र बढी आर्थिक लाभ दिने भएकोले अस्ट्रेलियाबाट ल्याइएको बताएका थिए । बोयर जातका बाख्राका पाठा अनुदानमा दिनका लागि कार्यविधिनै बनाएर खरिद गरेर वितरण गरिएको बाख्रा खरिदमा ठूलो रकमको चलखेल भएको हो ।
बेलबारी नगरपालिकाको ‘बाख्रा काण्ड’, अस्ट्रेलियाबाट ल्याइएको भनिएको बाख्रा बागलुङबाट !
मोरङको बेलबारी नगरपालिकाले अस्ट्रेलियाबाट ल्याएर वितरण गरिएको बोयर जातको...
आइतबार, जेठ १६ २०७८बाख्रा खरिदको ठेक्का पाएको सङ्खुवासभाको ग्रो अर्गानिक कृषि फर्मले अस्ट्रेलियन भनेर नवलरासीका किसानबाट बाख्रा सङ्कलन गरेर ल्याएको हो । सोमबार बसेको कम्पनीका प्रतिनिधि र नगरपालिकाका पदाधिकारीबीचको बैठकले बाख्रा खरिदमा अनियमितता भएको आशङ्का गरेर छानबिन समिति गठन गरेको छ ।
नगरपालिकाको चरम अनियमितता : नवलपरासीबाट ल्याइएको बाख्रा अस्ट्रेलियन भन्दै बाँडियो
मोरङको बेलबारी नगरपालिकाले अस्ट्रेलियाबाट ल्याएर बोयर जातको बाख्रा वितरण गरिएको दाबी...
सोमबार, जेठ २४ २०७८उपप्रमुख ढाकाकुमारी पराजुलीको नेतृत्वमा गठन गरिएको समितिले प्रतिवेदन बुझाएपछि कारवाही प्रक्रियामा उत्रिने नगरपालिकाका सूचना अधिकारी महेन्द्र खड्काले बताए । ‘आकस्मिक बैठकले बाख्रा अस्ट्रेलियन नभएको पुष्टि गरेको छ । तर छानबिन समितिले प्रतिवेदन बुझाएपछि मात्र यसको निर्क्यौल हुनेछ । यदि अनियमितता भएको पाइए कडा कारवाही हुन्छ’, उनले केटिएम दैनिकसँग भने ।
यसअघि नगरपालिकाले दुई पटक सम्म आयातकर्तालाई कागजपत्र पेश गर्न समयसीमा तोकिदिँदा पनि कुनै कागजपत्र उपलब्ध नभएको उनको भनाइ छ । स्रोतका अनुसार अस्ट्रेलियाबाट ल्याइएको भनी प्रचार गरिएका बोका–पाठी नवलपरासीबाट ल्याइएको आयातकर्ता भनिएका श्याम पाण्डेले नै स्वीकार गरेका छन् । तर उनले पछिल्लो समय केही प्रतिक्रिया दिन चाहेका छैनन् ।
कोरोना महामारीयता पशु आयातमा रोक लगाइँदा कसरी ल्याइयो अस्ट्रेलियाबाट बाख्रा ?
मोरङको बेलबारी नगरपालिकाले अस्ट्रेलियाबाट ल्याएर बोयर जातको बाख्रा वितरण गरिएको दाबी...
मङ्गलवार, जेठ १८ २०७८यसअघि भने पाण्डेले बाख्राहरू शुद्ध अस्ट्रेलियन भएको दाबी गरेका थिए । ग्रो अर्गानिक प्रालिका प्रतिनिधि पाण्डेले अस्ट्रेलियाबाट भारतको लखनउमा ल्यान्ड गरेर गाडीबाट नेपाल भित्र्याएको दाबी गरेका थिए । अस्ट्रेलियाको बोयर बाख्रा उत्पादन गर्ने सम्बन्धित कृषि फर्मबाट कागजपत्र झिकाउने र भन्सारसम्बन्धी कागजात पनि नगरपालिकामा पेश गर्नेसमेत उनले बताएका थिए ।
बेलबारी नगरपालिकाले हालसम्म उक्त कम्पनीलाई भुक्तानी गरेको छैन । अब, उक्त कम्पनीले सम्झौता अनुसारको बाख्रा पुष्ट्याइ नभएमा र सम्झौताबमोजिम अन्य मापदण्ड पूरा नदेखिएमा कम्पनीको धरौटी जफत गरी कालो सूचीमा राख्दै ठेक्का रद्द गरी कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाइने नगरप्रमुख सुवेदीको भनाइ छ ।