कैलालीमा रेडपाण्डाको छालासहित एक जना पक्राउ परेका छन् ।
प्रहरीले जिल्लाको गोदावरी नगरपालिका–५ स्थित गोदावरी सामुदायिक वनबाट बझाङको बिच्थडचिर गाउँपालिका–५ का २३ वर्षीय अम्मर धामीलाई छालासहित पक्राउ गरिएको हो । उनलाई संघीय प्रहरी इकाई कञ्चनपुरबाट सादा पोशाकमा खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका धामीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा बुझाइएको छ।