चीन सरकार बाट अनुदान प्राप्त १० लाख भेरोसेल खोप आज बाट देशैभर लगाउन सुरु गरिएको छ ।
काठमाडौँ उपत्यकामा रहेका ६० देखि ६४ वर्षका व्यक्तिहरु र उपत्यकाबाहेक अन्य जिल्लाहरूमा ६२, ६३ र ६४ वर्षका व्यक्तिहरूले उक्त खोप लगाउन पाउँछन् । त्यस्तै सरकारले यस अघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी तथा इन्टर्नहरुलाई पनि उक्त खोप लगाउन दिने भएको छ ।
तिब्बतसँग सिमाना जोडिएका जिल्लाका पालिकाहरुमा १८ वर्ष माथिका सबै व्यक्तिहरू खोप पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिमाली जिल्लाहरूमा यस अघिको ५५ वर्ष माथिको खोप कार्यक्रममा खोप लगाउने लगाउन छुटेका व्यक्तिहरूले पनि यो खोप लगाउन पाउनेछन् ।
कोरोना विरुद्धको खोप लगाउन जाँदा खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानुपर्नेछ । यदि यस्ता कागज नभए वडासँग सम्पर्क गरेर सिफारिस लिएर जानुपर्नेछ । पहिला खोप लगाएको भए ‘खोप कार्ड’ सँगै बोकेर जान मन्त्रालयले आग्रह गरेको छ ।
यो पालीको खोप सिरिन्ज मै हालेर बनाइएको छ । जसले गर्दा एकदमै सजिलो भएको स्ववास्थ्यकर्मीले बताएका छन् ।
तस्विरहरू