चुरे दोहन, असंवैधानिक कदम, पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धिको विरोध प्रदर्शनका क्रममा प्रहरीले काठमाडौंको सोह्रखुट्टे बाट नेपाल विद्यार्थी संघका नेताहरुलाई पक्राउ गरेको छ ।
नेविसंघका नेताहरू प्रशान्त लामिछाने, सागर बाबु भट्ट, सन्तोष श्रेष्ठ, शक्ति मान तामाङ, सबिन भन्डारी, लक्ष्मण भट्ट लगाएतलाई पक्राउ गरेको छ ।
उनीहरुलाई तत्काल विनाशर्त रिहाइको लागि नेवि सङ्घका महामन्त्री दीपक भट्टराईले माग गरेका छन् । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत ढुंगा गिट्टि बालुवा अर्को देशमा निकासी गरेर व्यापार घाटा कम गर्ने उद्घोष गरेको थियो । यसले चुरे दोहन हुने भन्दै सरोकालवालाहरुले आपत्ति जनाइरहेका छन् ।
भट्टराईले केटिएम दैनिकसँग कुरा गर्दै सरकारले उक्त निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी रहने बताए ।