बैशाख १५ गते देखी सुर्खेतमा जारी निषेद्याज्ञा जेठ ३१ गते सम्म लम्बिने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको आज भर्चुअल माध्यमबाट बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले निषेधाज्ञाको प्रभावकारीता, अस्पतालमा विरामीको उपचारको अवस्था, अक्सिजन आपूर्ति तथा परीक्षणको लगायत विषयमा सम्बन्धित सरोकारवालासँग समिक्षासमेत गरेको छ ।
दोस्रो भेरियन्टको कोरोना सङ्क्रमणको साङ्लो तोड्न देशका विभिन्न जिल्लामा लगाइएका निषेधाज्ञाहरु जेठ मसान्तसम्म लम्ब्याइएका छन् भने केही जिल्लामा असार १ गतेसम्म निषेधाज्ञा जारी राखिएको छ । पछिल्लो एक हप्तादेखि दैनिक भेटिने कोरोना सङ्क्रमितको संख्या भन्दा निको हुनेको संख्या बढीरहेको छ ।