नुवाकोट को विदुर नगरपालिका वडा नंवर ८ स्थित हात्तिगौँडामा बस दुर्घटना भएको छ ।
बस सडकबाट करिब ६० मिटर तल खसेको जनाएको छ । स्थानियबासीका अनुसार बा ४ ख ७४५८ नम्बरको बसका चालकले मादक पदार्थ सेवन गरेर गाडी चलाएकाले उक्त बस दुर्घटना भएको जनाइएको छ ।
चालक र सहचालक २ जना मात्र रहेकोमा एक जना हाम फाल्न भ्याएको र अर्को एक जनालाई सामान्य चोटपटक लागेको बताइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ । नुवाकोटका हाल निषेधाज्ञा जारी रहेको छ ।