भोलि अर्थात् जुन ७ देखि कतार भिसा सेन्टर खुल्ने भएको छ । जुन ७ देखि नै कतार र नेपालबीच हप्तामा एक दिन उडान सुरु हुने भएपछि कतार भिसा सेन्टर पनि सञ्चालनमा आउने भएको हो ।
कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएसँगै बन्द भएको भिसा सेन्टर जुन ७ र ८ मा ५०/५० जनाको स्लट खुला हुनेछ । जुन ९ देखि भने प्रत्येक दिन दुई सय जनाको स्लट खुल्ला हुनेछ ।
कतार भिसा सेन्टरबाट वैदेशिक रोजगारीमा जाने कामदारहरूको बायोमेट्रिक र स्वास्थ्य परीक्षणको काम हुन्छ । कतार भिसा सेन्टरमार्फत कतारमा हुने स्वास्थ्य परीक्षण, बायोमेट्रिक र करार सम्झौता प्रमाणीकरणको काम हुन्छ । स्वास्थ्य जाँचमा आँखा, स्वास्थ्य अवस्था, उचाइ, मोटाई र रक्तचाप जस्ता कुराको जाँच गरिन्छ ।