बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले ठेक्का लगाएको बालगंगा खोलामा सम्झौता विपरित उत्खनन् भएको पाइएको छ । ठेक्का लगाएको जीतपुरसिमरा उपमहानगरपालिका र जिल्ला समन्वय समिती बाराले समयमा अनुगमन नगर्दा यस खोलामा ठेक्का सम्झौता विपरित उत्खनन् भएको पाइएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाले ठेकेदारसंग ५९ हजार ८ सय ३२ घनमिटर उत्खनन् गर्न पाउने सम्झौता भएपनि सम्झौता भन्दा ५ गुणा बढि परिमाणमा उत्खनन् भएको डिभिजन बन कार्यालय सिमरा बाराले जनाएको छ ।
जिल्ला संमन्वय समिति बाराका प्रमुखको नेतृत्वमा जिल्ला अनुगमन समिति बने पनि हाल सम्म यस समितिले एक पटक पनि अनुगमन नगरेका कारण यो अवस्था आएको डिभिजन बन कार्यालय सिमरा बाराका प्रमुख मंजुर अहमदले जानकारी दिए ।
उनले सम्झौता भन्दा ५ गुणा बढि नदिजन्य पदार्थ उत्खनन् भईसकेको छ तर नियमन निकायले ध्यान नदिदा मापदण्ड भन्दा १० गुणा बढि गहिराई र खोला उकास भएको दायाँ वायाँको क्षेत्रमा समेत ठूला ठूला मेशिन प्रयोग गरिएको जानकारी दिए ।
भिडिओ