आज दश कक्षाको परिणाम आउने दिन थियो । अस्मिता म्याम बिहान देखि तनावमा थिइन् । थाहा छैन यो चोटि उनका स्कुलको कुन बच्चाले असफलताको कारण कुनै गलत कदम चाल्नेछ ।
गत वर्ष .. स्कुलको सबैभन्दा ज्ञानी र होसियार विद्यार्थी, गगनले … ग्रेड कम आए भनेर निकै पीडादायी तरीकाले आत्महत्या गरेको थियो । र कोमलले … पनि… .. एउटा विषयमा असफल भएँ भनेर भएर आत्महत्या गर्ने कोशिस गरेकी थिई । धन्न बाँचेकी….. ।
ठिक साँझ चार बजे… जब परिणाम अनलाइनमा आयो, अस्मिता म्यामले सबैभन्दा पहिला सूचीमा असफल विद्यार्थीहरू र ग्रेड कम भएका विद्यार्थीहरूको नाम हेरिन् .. चार नाम थिए … कमल, रवि, निशा र रेखा ।
उनले तुरुन्त… ती सबै चारै विद्यार्थीहरूलाई फोन गरिन् र भनिन्, “बाबु, नानीहरू तिमीहरू छिट्टै स्कुल पुग त ! परिणाममा केही गड़बड़ी छ रे… स्कुलबाट सन्देश आएको छ ..! तुरुन्तै आऊ है … .. स्कुलको असेम्बली हलमा भेला होऔँ । र सँगै म्यामले अरू सफल विद्यार्थीहरूलाई पनि मेसेज गरेर छिटो स्कुलको असेम्बली हलमा भेला हुने भनिन् ।
अर्को दुई घण्टामा …. असेम्बली हल भित्र … .. लगभग ४५ जना विद्यार्थीहरू…… उत्सुकताका साथ म्यामलाई पर्खिरहेका थिए । मञ्चलाई राम्रोसँग सजाइएको थियो । कुर्सीहरू राखिएका थिए । गुलदस्ताहरू राखिएका थिए ।
म्याम आई पुग्ने बित्तिकै… असेम्बली हल “गुड इभनिंग म्याम” को आवाजले गुन्जियो… जसमा…धेरै खुसी… कम खुसी, आनन्द र दुबिधाका मिश्रित आवाजहरू थिए । विद्यालयका अन्य शिक्षकहरू पनि मञ्चमा थिए ।” म्यामले माइक समात्दै बोल्न सुरु गरिन्, “मेरा प्यारा विद्यार्थीहरू…. गलत जानकारीका लागि मलाई माफ गर्नुहोला । मैले तपाईँहरूलाई स्कुलमा बोलाउनको लागि मात्र परिणामको गडबडको समाचार दिएको थिएँ ।”
“मलाई सफल भएका विद्यार्थीहरू भन्दा पहिला चुकेका विद्यार्थीहरूसँग कुरा गर्नु छ । र म पहिला बोलाउन चाहन्छु ती विद्यार्थीहरूलाई जो अर्को पटक पास हुन गैरहेकाछन् ।” एक एक गरी दुःखी अनुहार लिएर, चारै विद्यार्थीहरू मञ्चमा आए । अस्मिता म्यामले ती चारै जनालाई पहिला शपथ खान लगाइन्… कि उनीहरूले गत वर्षको गगन र कोमल जस्तो कुनै गलत कदम चाल्ने छैनन् ।
त्यसपछि उनले उनी चारै जनालाई मीठो खुवाउँदै भनिन – “तिमीहरू चारै जना आज हारेर पनि विजेता छौ । तिमीहरूलाई एउटा मात्र पराजयले तोड्न सक्दैन …। तिमिहरूले अर्को एक वर्ष राम्रो तयारी गरेर …. आफूलाई प्रमाणित गर्नुपर्नेछ….तिमीहरू सबै आफ्नो घरका अनमोल हीरा हौ ।”
“गगनकी आमालाई सोध … कि … उनीलाई गगन चाहिएको थियो कि त्यसको सफलता ! उनी आज पनि आफ्नो छोराको सम्झनामा रोइरहेकी छिन् ।” र तिमीहरूले कत्ति पनि लाज मान्नुपर्दैन … असफल भयौ वा ग्रेड कम आयो भनेर… ! तिमीहरू चारै जनाले सम्पूर्ण समाजलाई सन्देश दिनेछौ कि तिमीहरू सबै विजेता हौ …। अर्को म्याचको विजेता ।
“असफलता एक चरण हो… तर अन्तिम चरण होइन..!
बल्बका आविष्कारक थॉमस अल्वा एडिसन दस हजार चोटि असफल भएका थिए ।
जीवनमा धेरै कुरामा असफल भएर पनि.. धेरै चुनावमा हार खाएर पनि आखिर एक दिन अमेरिकाको सबै भन्दा प्यारो राष्ट्रपति बन्न सफल भए……थाहा छ नि ! अब्राहम लिङ्कन… ।
“मैले आफ्नो क्यारियरमा ९ सय भन्दा बढी सटहरू गुमाएँ, करिब ३ सय म्याचहरूमा असफल भएँ, २६ वटा अवसरहरूमा विजयी सटहरू गुमाएँ । म बारम्बार असफल भएँ … तर म आशावादी थिएँ … मैले प्रयास गर्न छोड़ेंन र त्यसैले म सफल भएको छु ।”
“थाहा छ यो कसको कथा हो ? सबैभन्दा महान् बास्केटबल खेलाडी ………… ..”
“माइकल जोर्डन” आवाज भीडबाट आयो ।
“भारतको रामेश्वर ममा बिहान बिहान पत्रिकाहरू बेच्ने एउटा केटो…..। पछि गएर….ठुलो वैज्ञानिक बन्यो ….. तर उसको पहिलो मिसाइल असफल भयो । थाहा छ को हो …..?
“अब्दुल कलाम” – भीडबाट अर्को आवाज आयो ।
“र तिमीहरूलाई शायद त्यस युवा केटाको बारेमा थाहा छैन होला, जसलाई न्युज पेपर अफिसबाट “ल्याक अफ इमॅजिनेशन एन्ड गुड आइडिया” भन्दै हटाइएको थियो … तर उसले आत्महत्या गरेन …….पछि गएर…….
“वाल्ट डिज्नी बन्यो” – भीडबाट फेरी अर्को आवाज आयो ।
“स्याबास”…म्यामले बोल्न जारी राखिन् “जसले हिम्मत हार्दैन त्यसले सयौँ चोटि हारेर पनि हार्दैन !”
म्यामका उदाहरणहरूले गर्दा असफल विद्यार्थीहरूको अनुहारमा रहेको उदासी मेटिँदै थियो । “असफल भएर पनि जसले साहसलाई टुट्न दिँदैन…..त्यो हुन्छ “वास्तविक विजेता”..! त्यसो भए मेरा प्यारा विद्यार्थीहरू भन्नुहोस्, “आजका वास्तविक विजेता को हुन् ?”
सबै विद्यार्थीहरूले एक साथ भने,
“कमल,
रवि,
निशा,
रेखा ।”
वाह ….. ! असफलताको यस्तो उत्सव पहिलो चोटि हेरियो, र यो उत्सव आफ्नो उद्देश्यमा सफल पनि भयो ।