पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले काँग्रेसविरुद्ध ‘डकैती’ को आरोप लगाएका छन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीको दावी गर्दा माधव कुमार नेपाल पक्षका २६ जना सासंदहरुले प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई समर्थन गरेपछि बाँस्कोटाको उक्त अभिव्यक्ति आएको हो ।
राष्ट्रपतिले प्रधानमन्त्री ओली र देउवा मध्ये कसैलाई पनि प्रधानमन्त्री नियुक्त नगर्दै मध्यावधि निर्वाचनको घोषणा गरेकी छन् । सो बारे राष्ट्पति र प्रधानमन्त्रीलाई विपक्षी बनाई सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले मुद्धा समेत दायर गरेको छ ।
यहि परिपेक्षमा बाँस्कोटाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । ‘एमालेको घरमा कांग्रेसले डकैती हानेर धनमाल लाने उल्टै ती मेरै हुन् भन्ने,’ बिहीबार बाँस्कोटाले भनेका छन्, ‘कांग्रेसले निर्दलीयताकको पक्षपोषण गरेकाले लोकतन्त्रको गीत गाउने हक गुमायो।’
उनले संविधानको धारा ७६ (५) ले स्पष्ट रुफमा दुई वा दुईभन्दा बढी दलकै समर्थन खोजेको हुनाले सासंदहरुको स्वतन्त्र समर्थनलाई अस्विकार गरेको बताएका छन् । उनले सो धाराको उपधारा २ र ५ लाई जोडेर हेर्न समेत आग्रह गरेका छन् ।
एमालेको घरमा काङ्ग्रेसले डकैती हानेर धनमाल लाने उल्टै ती मेरै हुन भन्ने? काङ्ग्रेसले निर्दलीयताकको पक्षपोषण गरेकोले लोकतन्त्रको गीत गाउने हक गुमायो।७६ को ५ ले स्पष्ट रुपमा दुई वा दुईभन्दा बढी दलकै समर्थन खोजेको छ सांसदहरुको स्वतन्त्र समर्थनलाई अस्विकार गरेको छ।२ र ५ जोडेर हेरौ न ।
— Gokul Prasad Baskota (@GokulPBaskota) May 27, 2021