मेष राशि : घर परिवारमा केहि शान्तिको वातावरण भएतापनि मनमा अशान्ती रहनेछ । प्रेम सम्वन्ध तथा दाम्पत्य जीवनमा भने राम्रो हुनुका साथै साथ र सहयोग प्राप्त हुनेछ ।
वृष राशि : आज तपाईंले, सोच्नु भएको काम सजिलो तरिकाले गर्न सक्नु हुन्छ । आर्थिक पक्षको कुरा गर्नु पर्दा सामान्य खालको दिन छ । आजको कामले तपाईंलाईं लामो समयसम्म पनि फाइदा पुर्याउने देखिन्छ । पशु, सवारी साधन अनि हात हति यारसंग भने आज सावधानि अपनाउनु पर्ने देखिन्छ ।
मिथुन राशि : आजको दिन तपाईंका लागि खासै राम्रो छैन । नयाँ कामका स्रोतहरु फेला परे पनि स्वास्थ्यले साथ नदिन सक्छ सावधान रहनु होला । प्रेम प्रसङ्गमा पनि परिवारकै मान्छेबाट बाधा हुन सक्छ । यात्राका क्रममा दुर्घटनाको सम्भावना रहेकोले सावधान रहनु पर्ने देखिन्छ ।
कर्कट राशि : शत्रुपक्षको बलियो प्रभाब पर्ने समय छ । यात्रा गर्दा निको होशियार रहनु पर्ने देखिन्छ । शरीरमा चोटपटक लाग्न पनि सक्छ । जति सक्दो साबधानी अपनाउनु होला । विभिन्न कार्यमा सोचेभन्दा बढी नै पैसा खर्च हुने देखिन्छ । मनमा एक किसिमको चिन्ता वा भयले डेरा जमाउने छ ।
सिंह राशि : परिवारमा कुरा नमिल्दा खटपट रहन सक्छ । लगानी गर्नको लागि नयाँ नयाँ स्रोत पनि फेला पर्लान । तपाईंको प्रसंशा गर्ने ब्यक्तिहरु पनि प्रशस्त हुनेछन् । आर्थिक कारोवार गर्दा भने सावधानी अपनाउनु पर्ने देखिन्छ । सांझपखको छोटो यात्राले पनि तपाईंलाई आज खुशि बनाउला ।
कन्या राशि : यदि तपाईंलाई कुनै रोग लागेको छ भने, हिजो अस्ति भन्दा स्वास्थ्यमा सुधार भएको महसुस गर्न पाउनु हुनेछ । पठन पाठनमा विबिध कुराले बाधा पर्न सक्छ । आज तपाईंले नयाँ वस्तुमा लगानी गर्दा, विशेष सावधान रहनु पर्ने देखिन्छ । परिवार वा आफन्तजन इष्टमित्रहरुसँगको भेटघाटले मन प्रशन्न हुनेछ ।
तुला राशि : आजको दिन तपाईंका लागि मध्यम खालको छ । रुपैया पैसा कमाउने कुरामा अलिकति बाधा पर्न सक्छ, जेगिएर काम गर्नु होला । घरबाहिरको खानाले स्वास्थ्यमा खरावी देखिएला । त्यसैले खानपिनमा सावधानी अपनाउनु पर्ने देखिन्छ । प्रेम प्रसंगको कुरा गर्दा दिन बलियो रहेको छ ।
वृश्चिक राशि : नयाँ रोजगारी मिल्ने देखिन्छ । तपाईंलाई आज गन्नेमान्ने ब्यक्तिहरुले सहयोग गर्नेछन् । साथ साथै कामहरु पनि सजिलै संग बन्ने छन । तपाईंले आज रुपैया पैसाको काम गर्दा भने धेरै नै जोगिनु होला । छोटो यात्रामा पनि तपाईंले आज सरिक भएर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ । प्रेममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ ।
धनु राशि : आज तपाईंले, सोच्नु भएको काम सजिलो तरिकाले सम्पन्न गर्न सक्नु हुन्छ । त्यस्तै काममा जोश र जागर पनि बढ्ने देखिन्छ । आर्थिक पक्षको कुरा गर्नु पर्दा सामान्य खालको दिन छ । तपाईंको प्रेम प्रसंगमा पनि समजदारीपन आउने छ । नयाँ ठाउँ वा परिवेशमा घुलमिल हुन पाइनेछ । साथिभाइहरुसँग यात्राको अवसर पनि मिल्नेछ जसले मनमा बेग्लै आनन्द महसुस हुनेछ ।
मकर राशि : समय मध्यम किसिमको छ । लाभ र हानी बराबर जस्तो नै रहन्छ । तपाईको आज काममा जोश र जागर बढेर जानेछ तर आर्थिक कारोवार गर्दा भने धेरै सावधानी अपनाउनु पर्ने देखिन्छ । साझेदारी काममा राम्रै फाइदा होला । बोलीको प्रभावका कारण तपाईंले आज प्रेममा सफलता पाउन सक्नु हुनेछ ।
कुम्भ राशि : सामाजिक तथा व्यवहारिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ काम गर्न जाँगर आउने छैन, पुरानैलाई निरन्तरता दिनु होला । बोल्दा र कारोवार गर्दा बढो विचार पुराएर मात्रै गर्नु होला । देश विदेशका विशिष्ट व्यक्तिसँग भेटघाट पनि हुने योग रहेको छ ।
मीन राशि : बौद्धिक एवं मानसिक उर्जा प्राप्त हुनेछ । तर पनि सामान्य ज्वरो तथा पेट सम्बन्धि समस्याहरु देखा पर्नेछ । धार्मिक काममा झुकाव बढ्नेछ । व्यापार व्यवसायमा भने सफलता प्राप्त मिल्नेछ । गरेका कार्यहरुमा अड्चन तथा साथिभाईहरुबा टाढा रहनु पर्नछ । नयाँ वस्त्र तथा गरगहना प्राप्त हुनेछन् । प्रशस्त धनलाभको अवसर मिल्नेछ ।