मेष राशि : पठन पाठनको लागि समय राम्रो छ । अनुहारमा चमक देखिनेछ । काममा सफलता प्राप्त होला । वैदेशिक रोजगार व्यवसायमा संलग्न भएकाहरुको लागि लाभदायक समय छ । मायालु मान्छेको पूर्ण साथ र सहयोग पाउनु हुनेछ । धर्म कर्म गर्न पाइनेछ । काम–काजका कुरामा अनावश्यक बाधाहरु देखिएपनि दिनको अन्त्यमा सबै कामहरु बन्नेछन् ।
बृष राशि : नसोचेको पुरानो मित्रसंग भेट हुनेछ । आँखामा केही समस्या देखिन सक्छ सावधान रहनुहोला । आफन्तजनसंग मिलनहुने योग छ । घर परिवारमा विवाह आदि शुभकार्यका बारेमा आवश्यक सर सल्लाह होलान् । साझेदारी काममा प्रसस्त लाभ मिल्नेछ ।
मिथुन राशि : फटाफट कामहरु बन्नेछन । बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्नेछ । छोटो यात्राले पनि खुशि बनाउनेछ तर यात्राकै क्रममा अत्यन्त सजगता पनि अपनाउनुहोला । मायालुका मीठा कुराले मख्ख बनाउनेछ । काममा प्रसस्त मात्रामा मन लगाउनु भए धेरै नै उपलब्धि हासिल हुनेछ ।
कर्कट राशि : बाधाहरुको सामना गर्दै कामहरु बन्नेछन् । कामको शिलशिलामा सम्झन योग्य स्थानको यात्रा पनि हुनेछ । आज मायालु मान्छेलाई खुशि राख्न भने अलि कठिन पर्ला । कृषकहरुका लागिपनि दिन अत्यन्त राम्रो छ । अपरिचित ब्यक्तिको सहयोगले अप्ठ्यारो काममा पनि सफलता प्राप्त हुनेछ ।
सिंह राशि : साथीहरु रुष्ट हुन सक्छन् सावधान रहनु होला । आपनो बुद्धिको प्रयोगबाट मन चाहे प्रगतिहुने समय छ । पारिवारिक सम्बन्धमा खटपट रहला । दिनको मध्यतिर ज्ञान विज्ञानका कुरा सिक्न पाइनेछ । ब्यापार ब्यवसायमा सामान्य बाधा उत्पन्न हुनेछ । सन्तानको राम्रो साथ पाइनेछ ।
कन्या राशि : पराक्रम बडेर जाने समय छ । रिसको मात्रालाई कम गर्ने कोसिस गर्नुहोला । दाजुभाइ दिदीबहिनीसंग वादविवादको सम्भावना रहेकाले जोग्गिएर बोल्नु होला । नयाँ काम भन्दा पुरानै कामलाई निरन्तरता दिदा राम्रो हुनेछ । पेशागत कुरामा दिनको मध्यतिर राम्रा शुभ संकेतहरु देखिनेछन् ।
तुला राशि : आज तपाईंको बोलिमा तार्किक क्षमता बढेको महसुस हुनेछ । आफ्नो परिश्रमलाई विस्वास गर्नु होला काम बन्छ । अरुको सहयोग कमै मिल्नेछ । सामाजिक काममा सरिक हुने सम्भावना छ । अध्ययन अध्यापनमा कम मात्रामा मन जाला ।अन्य काममा भने मन जानेछ ।
बृश्चिक राशि : धार्मिक काममा मन जानेछ । आजको दिन तपाईंले आफ्नै निर्णयबाट केही काम सम्पन्न गर्न सक्नुहुनेछ । अनावश्यक विवादका कुराले केही मात्रामा हानी पनि गर्न सक्छ । त्यसैले तपाईंले अनावश्यक कुरालाई चासो नदिनु नै राम्रो हुनेछ । आर्थिक पक्ष भने सामान्य रहला । मायालु मान्छे संगको भेटमा भएका रमाइला कुराले मन गदगद रहनेछ ।
धनु राशि : नयाँ कुरा सिक्न समय बलियो छ । मीठो बोलिका कारण नजिकका व्यक्तिहरु खुशि हुनेछन् । फसेको पैसा उठ्न सक्छ प्रयास भने गर्दै गर्नु होला । ब्यापारमा नसोचेको फाइदा होला । प्रेममा सफलता पाउन सक्नु हुनेछ, पतिपत्नि बिचको सम्बन्ध पनि सुमधुर रहनेछ ।शिक्षा सङ्गित र कला क्षेत्रमा राम्रो प्रगतिहुनेछ ।
मकर राशि : स्वास्थ्यमा बाधा उत्पन्नहुन सक्छ । केहि खर्च भएपनि बढी मात्रामा फाईदा नै हुनेछ । नयाँ मान्छे संगको भेटले मनमा प्रेम भाव जाग्नेछ । साहित्य, खेलकुद र बैदेशिक कामका लागि फलदायी समय राम्रो छ । आज साथीभाइ इष्टमित्र गन्नेमान्ने ब्यक्तिहरुले पनि काममा उचित सर–सल्लाह दिनेछन् ।
कुम्भ राशि : छोटो र रमाइलो यात्राको सम्भावना छ । काममा मन जानेछ तर जसभने कम पाइनेछ । तरल पदार्थको काममा लाभ मिल्नेछ । आज लेनदेनको कारोवारमा क्रमिक रुपमा सुधार हुनेछ । व्यवहारिक पक्ष पनि सुदृढ बन्नेछ । माया–प्रेमका कुरामा रमाउन समयको अभाव होला । शरिरबाट अल्छिपनलाई धपाउने कुरामा सजग रहनु होला ।
मीन राशि : कमाउने कुरामा साथ दिने किसिमको समय छ र खर्च पनि उत्तिकै मात्रामा हुने देखिन्छ । पशु, सवारी साधन अनि हतियार संग सावधान रहनु होला । कर्मचारी वर्गलाई धेरै नै राम्रो समय छ । पदोन्नतीको सम्भावना छ । प्रेम प्रसंगमा अलिकति खटपट भएपनि त्यो खटपट आफै मिल्नेछ ।