तरकारी बेच्ने व्यक्तिले तेस्रो तल्लाको घण्टीको बटन थिच्यो । माथि बाल्कनीको ढोका खोल्दै, बाहिर निस्केकी महिलाले तल हेर्नुभयो ।
“दिदी ! तरकारी लिनुहोस्, मलाई भन्नुहोस् त के तौल गरी दिऊँ ? तपाईँले धेरै दिनदेखि मबाट तरकारीहरू किन्नु भएको छैन, अरू कसैले दिएर जान्छ कि के हो ?” तरकारी बेच्ने व्यक्तिले भन्यो ।
“पर्खनुहोस् भाइ ! म तल आउँछु ।” भन्दै महिलाले भर्याङ ओर्लिन थालिन् ।
महिला तल आएर तरकारी बेच्ने व्यक्तिको नजिक आउँदै भनिन् – “भाइ, तपाईँ हाम्रो घरको घण्टी न बजाउनु, हामीलाई तरकारी चाहिँदैन ।”
“तपाईँ कस्तो कुरा गर्दै हुनुहुन्छ, दिदी ! तरकारीहरू त स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण हुन्छ । तपाई अरू कसैबाट तरकारी लिनुहुन्छ कि के हो ?” तरकारीवालाले भन्यो ।
“होइन भाइ ! त्यस्तो होइन ! म अरू कुनै व्यक्ति बाट तरकारी लिँदैन । यो महामारीको बेलामा उहाँको जागिर खोसियो, अब उनले कुनै काम गर्दैनन् । केही गरेर हामीले आफैँलाई जीवित राखेका छौं । जब सबै ठिकठाक होला, घरमा पैसा होला, म तिमीबाट तरकारी लिन्छु । म अरू कसैबाट तरकारी लिने छैन । तिमीले घण्टी बजाउँदा उहाँलाई धेरै नराम्रो लाग्छ ! उहाँलाई आफ्नो बाध्यता माथि रिस उठ्न थाल्छ । त्यसैले भाइ, प्लीज़ अब देखि हाम्रो घर अगाडी घण्टी न बजाउनु । ”
यति भन्दै महिला आफ्नो घरतिर फर्किन लागिन्..!
“दिदी ! एक छिन पर्खिनुहोस् । म यतिका वर्ष देखि तपाईँलाई तरकारी दिइरहेको छु । जब तपाईँका राम्रा दिनहरू थिए तब तपाईँले म बाट धेरै तरकारी र फलफूलहरू लिनुभयो । अब यदि तपाईँको जीवनमा थोरै समस्या छ भने के मैले तपाईंहरुलाई यस्तै छाड्न मिल्छ ?
“म एउटा तरकारी विक्रेता हुँ ! कुनै नेता होइन जसले प्रतिज्ञा गर्न र छोड्न मात्र जानेको हुन्छ । दुई मिनेटका लागि पर्खी रहनुहोस् ।” भन्दै तरकारीवालाले एउटा थैलीमा टमाटर, आलु, प्याज, काउली र करेला राखेपछि माथिबाट त्यसमा अलिकति धनियाँ र खोर्सानी पनि राख्छ ।
महिला छक्क परिन्… उनले तुरुन्त भनिन् – “भाइ ! तपाईँले मलाई उधारोमा तरकारी दिइरहनुभएको छ, कम्तीमा तपाईँले यसलाई तौल त गर्नुपर्दछ र मलाई पैसा पनि भन्नु पर्छ । म तपाईँको खाता लेख्छु । जब सबै ठिकठाक हुन्छ, म तपाईँलाई तपाईँको पैसा फिर्ता गर्नेछु । ”
“वाह ! यो के कुरा भयो र ? तौल त यस कारण गरेको होइन कि कुनै मामाले उसको भान्जा र भान्जी बाट पैसा लिँदैन ! र मैले कुनै कृपा पनि गरेको छैन । मैले यो सबै यस्तै कमाएको छु, यसमा तपाईँको अंश पनि छ । भान्जीका लागि थोरै आँप राख्दै छु र भान्जाका लागि यी सुन्तलाहरू ।
बच्चाहरूको राम्रो देख भाल गर्नुहोला, यो रोग एकदम नराम्रो छ र अन्तिम कुरा पनि सुन्नुहोस् !
“घण्टी त म जब आउनेछु, निश्चित बजाउनेछु ।” यति भन्दै तरकारीवालाले मुस्कुराउँदै महिलाको हातमा दुवै झोला राख्यो ।
महिलाको आँखाहरू बाध्यताको सट्टा स्नेहको आँसुले भरिएका थिए ।
सेवाको रूपमा बहाना गर्नुको सट्टा, यदि प्रत्येक व्यक्तिले आफ्नो वरिपरिका खाँचो परेका व्यक्तिहरूको सेवा गर्दछ भने, यो गाह्रो समय सजिलै बित्नेछ र आत्मा खुशीले सन्तुष्ट हुनेछ ।
आफ्नो र परिवारको हेरचाह गर्नुहोस् !
घर मै बस्नुहोस्, स्वस्थ रहनुहोस् !
जो प्राप्त छ, त्यही पर्याप्त छ !