रोल्पाबाट नेपालगंजतर्फ जाँदै गरेको प्रहरी बोकेको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परेर चार प्रहरीसहित पाँच जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट जवरजस्ती करणी मुद्दाका एक थुनुवा लिएर लिवाङबाट हिडेको लु १ झ ५७० नम्बरको गाडी बिहान ११ बजेतिर रोल्पा नगरपालिका-१ भदौरे मन्दिर नजिक दुर्घटनामा परेको हो ।
घाइते पाँचै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख नरेश सुवेदीले केटिएम दैनिकलाई बताए ।
ब्रेक फेल हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको सुवेदीले जानकारी दिए ।