२० वर्षपछि हुन लागेको भन्सार एजेन्टको लाइसेन्सको लिखित परीक्षा स्थगित भएको छ । कोरोना कहरको विषम परिस्थितिले गर्दा परिक्षा स्थगित भएको भन्सार विभागले बताएको छ ।
लिखित परीक्षा सम्बन्धी अर्को तालिका परीक्षा हुनुभन्दा कम्तिमा १५ दिन अगाडि बिभागको वेवसाइट र गोरखापत्रमा प्रकाशन गर्ने बताइएको छ ।
भन्सार विभागले गत चैत १६ गते भन्सार एजेन्ट छनौटको लागि जेठ २२ गते परिक्षा हुने सुचना प्रकाशन गरेको थियो ।
०५७ सालमा ५६ वटा एजेन्ट नियुक्ति भएयता कुनै पनि एजेन्ट नियुक्ति गरिएको थिएन । भन्सार विभागले ६ सय ६० जना भन्सार एजेन्टका लागि दरखास्त माग गरेको हो ।
सरकारले हालसम्म ४ सय ८१ जना भन्सार एजेन्ट नियुक्ति गरेको छ । तर, करिब दुईतिहाइ एजेन्ट निष्क्रिय छन् । चालू आर्थिक वर्षमा १ सय ६९ जना भन्सार एजेन्टले अनुमतिपत्र नवीकरण गरेका छन् । नाका र व्यापार बढेअनुसार भन्सार एजेन्ट नियुक्ति नहुँदा त्यसको स्वाभाविक असर भन्सार जाँचपासमा देखिने गरेको छ ।