राष्ट्रको अपमान र राष्ट्रपतिको अनादर गर्दा, किन लाज लागेन होला ?
“प्रतिज्ञा गर्छु” को सट्टा “त्यो पर्दैन”, किन भन्नु पर्यो होला ?
आफूलाई जे मन लाग्छ त्यही भन्ने भए त, झूठो शपथ नै किन लिनुपर्यो ?
तपाईँका लागि जनता त आँकडा मात्र न हुन, त्यसैले सोचे हौला यो जिम्मेवारी किन लिनुपर्यो?
एक महिना पछि फेरी बहुमत, साबित गर्नु छैन र सदनमा ?
त्यति बेला हेरौला के गर्नेछन्, माननीयहरू तपाईँको मान मर्दनमा ?
‘सत्य निष्ठा पूर्वक’ भनी सकेपछि, “प्रतिज्ञा गर्छु” मात्रै त थियो भन्नु पर्ने !
तर राष्ट्रपतिले दोहोर्याउँदा पनि, अहँ.. भन्नुभएन सम्माननीयले..! के गर्ने ?
किन हाँस्नु पर्या होला राष्ट्रपतिलाई पनि, पर्थ्यो, न बोले सम्म दोहोर्याएर भन्दै रहनु पर्ने !
क्रोधपूर्वक आँखा जुधाई बरु भन्न लगाउने, तर, ‘गरिमा’ (आफ्नो) को अनादर न सहनु पर्ने !
किन आवश्यकता भयो होला, देखावटी कनि-कनि ‘शपथ’ लिनुपर्ने ?
या त ‘शपथ पत्र’मा हस्ताक्षर गर्दाखेरि पनि, “त्यो पर्दैन………..” भन्नुपर्ने !
तर अन्त्यमा त्यै शपथ पत्रमा, हस्ताक्षर त आखिर गर्यौ नि ?
फेरी किन ‘अपमान’ गर्नु पर्या थियो, राष्ट्र र राष्ट्रपतिको ….‘त्यो पर्दैन’ भनी ?