सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा सेतीमा उपचाररत कैलालीका ३ जना संक्रमितको मृत्यु भएको हो । कैलालीको धनगढी उपमहानगरपालिका–२ का ६७ वर्षीय पुरुष, उपमहानगरपालिकाकै वडा नम्बर ५ का ४५ वर्षीय पुरुष र वडा नम्बर ६ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।