बैतडीको पाटन नगरपालिकाका तीन वटा वडा पूर्ण रुपमा शील गरिएको छ ।
नगरपालिकाका आठ, नौ र १० नम्बर वडा यही जेठ १७ गतेसम्मका लागि शील गरिएको हो । कोरोना भाइरसको संक्रमणबाट आइतबार वडा नम्बर आठका ३४ वर्षीय एक पुरुषको मृत्यु भएपछि तीनै वडा शील गरिएको बताइएको छ।वडा नम्बर ८ को कार्यालयमा बसेको सर्वपक्षीय बैठकले ती तीन वटै वडालाई शील गर्ने निर्णय गरेको जनाइएको छ। जिल्लामा १७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ।