एसियाली विकास बैंकले नेपालको आर्थिक वर्ष २०७७–७८ मा आर्थिक वृद्धिदर बढ्ने अनुमान सार्वजनिक गरेको छ ।
‘एसियाली विकास परिदृष्य’ सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने प्रक्षेपण गरेएको हो । सरकारले राखेको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने एसियाली विकास बैंकले ‘एसियाली विकास परिदृष्य’ सार्वजनिक गरिएको प्रतिबेदन उल्लेख छ ।
एसियाली विकास परिदृष्य प्रतिवेदनका अनुसार कृषि उत्पादन २.४ प्रतिशत, औद्योगिक क्षेत्र २.५ प्रतिशत र सेवा क्षेत्र ३.४ प्रतिशतले बढ्ने अनुमान छ ।
मेलम्ची आयोजना पूरा भएको र माथिल्लो तामाकोशीको प्रारम्भिक चरणको उत्पादनले आर्थिक वृद्धिमा टेवा पु¥याउने अनुमान गरिएको छ । त्यस्तै पछिल्ला ८ महिनामा आर्थिक गतिविधिमा आएको सुधारले पनि उक्त वृद्धिदर हासिल हुनसक्ने प्रतिवेदनमा उल्लेख छ । कोरोना महामारीका कारण गत वर्ष नेपालको आर्थिक वृद्धि १.९९ प्रतिशतले ऋणात्मक थियो ।