वरिष्ठ चिकित्सक डाक्टर आईएल आचार्यको ८३ वर्षको उमेरमा आइतबार निधन भएको छ ।
कोभिड १९ संक्रमण भएपछि उनलाई स्टार हस्पिटलमा भर्ना गरिएको थियो ।उनको तीन दिन अगाडी मात्र रिपोर्ट नेगेटिभ आएको थियो ।
दुई साता अघिदेखि स्टार अस्पतालमा उपचाररत डाक्टर आचार्यको आइतबार बिहान करिब ४ बजेको समयमा निधन भएको स्टार अस्पतालका डा. विश्व श्रेष्ठले जानकारी दिए ।
पीसीआर रिपोर्ट नेगेटिभ आएपनि निमोनियाका कारण उनको निधन भएको डा. श्रेष्ठको भनाइ छ ।
डा. श्रेष्ठका अनुसार उनी निदान अस्पताल, स्टार हस्पिटल, काठमाडौं हस्पिटल लगायतका अस्पतालमा सक्रिय थिए ।