नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा ३२ खेलाडीलाई समावेश गरिएको छ । इराकसँगको मैत्रीपूर्ण खेल तथा फिफा विश्वकप छनोटको खेलका लागि नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अल मुताइरीले कुल ३२ जनालाई क्याम्पमा बोलाएको हो ।
राष्ट्रिय टोलीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर प्रशिक्षण सुरु गरिसकेको छ । नेपाली फुटबल टिमले मे २९ मा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ । यसका लागि नेपाली टिम मे २४ वा २५ तिर त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ ।
त्यस्तै, ३ जुनमा नेपालले विश्वकप छनोटअन्तर्गत चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ भने त्यसको चार दिनपछि जोर्डनसँग खेल्नेछ । यसैगरी, ११ जुनमा अस्ट्रेलियाको सामना गर्नेछ ।
टोलीमा परेका नेपाली खेलाडीहरूः
किरणकुमार लिम्बू, दीप कार्की, विशाल सुनार, अभिषेक रिजाल, अञ्जन विष्ट, एरिक विष्ट, भरत खवास, दर्शन गुरुङ, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, कमल थापा, रोहित चन्द, नीतिन थापा, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, सुमन लामा, सुनिल बल, सुरज जेउ ठकुरी, निशान खड्का, पुजन उपरकोटी, अमित तामाङ, सुमन अर्याल, आशिष लामा, आयुष घलान, बिवेक बस्नेत, विकास खवास, रवि पासवान, रजीन धिमाल र अनन्त तामाङ ।