काठमाडौँ । लेष्टर सिटीले क्लब इतिहासमा पहिलो पटक एफए कपको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा चेल्सीलाई १–० गोलले पराजित गर्दै लेष्टरले पहिलो पटक उपाधि जितेको हो ।
क्लब स्थापनाको १ सय ३७ वर्षे इतिहासमा लेष्टरले पहिलो पटक एफए कप जितेको हो । यसअघि चार पटक फाइनल पुगेपनि लेष्टरले उपाधि जित्न सकेको थिएन ।
गए राति वेम्बली स्टेडियममा भएको खेलमा लेइस्टरलाई उपाधि जिताउन युरी टियलमेन्सले निर्णायक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३औँ मिनेटमा युरीले गोल गर्दै टोलीलाई उपाधि दिलाए ।