लामो समयदेखि शिक्षा क्षेत्रमा आबद्ध रहेका त्रिलोक चिल्ड्रेन एकेडेमी बालाजुका प्रिन्सिपल नवराज खनालको निधन भएको छ । गोरखाको बुङ्कोट निवासी खनालको कोभिड सङ्क्रमणका कारण आज बिहान सत्य साईँ अस्पतालमा निधन भएको हो ।
यही वैशाख २१ गते कोरोनाको रिपोर्ट पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका खनालको आज बिहान १ बजेर ४५ मिनेटमा निधन भएको स्कुलका संस्थापक शिक्षक डा दशरथ न्यौपानेले जानकारी दिए ।विसं २०२८ मा गोरखाको बु’ङ्कोटमा ज’न्मिएका खनाल मनमोहन मेमोरियल कलेज सोह्रखुट्टेका संस्थापक शिक्षकसमेत थिए ।
उनी नेपाली विषयका शिक्षक थिए । स्व खनालका बुबाआमा, श्रीमती र दुई छोरा छन् ।यसैबीच को’भिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अस्पतालले माग गरेअनुरुप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्नका लागि एकै दिन सात अस्पतालसँग सम्झौता गरेको छ ।