नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनको उपाधि काठमाडौं रेजर्सले पाएको छ ।
खेलको २१औं मिनेटमा मेसौके ओलुमोउले गोल गर्दै काठमाडौं रेजर्सलाई १–० को अग्रता दिलाएका हुन् । उनको त्यही गोलले नै काठमाडौंले उपाधि जित्न सफल भएको छ ।
प्रतियोगितामा सर्बाधिक गोलकर्ताको सूचीमा काठमाडौं रेजर्सका मेसोके ओलोमोउ सर्वाधिक ८ गोलसहित सर्वाधिक गोलकर्ताको भएका छन् ।
प्रतियोगिताको लिग चरणमा काठमाडौं शीर्षस्थानमा र धनगढी दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका हुन् । त्यस्तै प्लेअफमा काठमाडौंलाई हराउँदै धनगढी सोझै फाइनलमा पुगेको थियो भने काठमाडौंले दोस्रो प्लेअफ खेल्दै ललितपुरलाई हराएर फाइनलको यात्रा तय गरेको थियो। जारी प्रतियोगितामा काठमाडौं र धनगढी तेस्रो पटक आमनेसामने भएका हुन् ।
प्रतियोगिताको विजेता भएसँगै काठमाडौंले ३५ लाख पाउनेछ भने उपविजेता धनगढीले १५ लाख प्राप्त गर्नेछन्। उत्कृष्ट गोलकिपर, प्रशिक्षक, इमर्जिङ प्लेयरलगायत विभिन्न विधाबाट १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
खेलका केही तस्विरहरु