नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापा (बादल)लाई मतदान गर्न जनप्रतिनिधिलाई ह्वीप जारी गरेको छ ।
जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेको उम्मेदवार बादललाई सूर्य चिन्हमा मतदान गर्न जिल्ला कमिटीले ह्वीप जारी गरेको हो ।
जिल्ला अध्यक्ष अशोक व्याञ्जु श्रेष्ठले कुनै प्रचारबाजीमा वा भ्रममा नपरी पार्टीका उम्मेदवारको पक्षमा खडा हुन सबै जनप्रतिनिधिलाई आग्रह गरे ।
ह्वीप जारी गर्दा पनि उल्लंघन भएमा पार्टीले अनुशासनको कारवाही गर्नेसमेत उहाँले बताउनुभएको छ । व्यान्जु धुलिखेल नगरपालिकाका मेयरसमेत रहेका छन् ।
माधव नेपाल पक्षले कांग्रेस र माओवादीसँग गठबन्धन गरेर खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ ।