नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपालमा प्रधानमन्त्री को बन्यो भन्दा पनि प्रधानमन्त्री बनाउन विदेशी चलखेल कति भयो भन्ने कुरा महत्त्वपूर्ण भएको टिप्पणी गरेका छन् ।
उनले आज प्रधानमन्त्रीमा नियुक्ति भएका केपी शर्मा ओलीले शपथ लिएको विषयलाई जोड्दै विदेशी शक्तिसँग हारगुहार गर्नेहरूले बुझुम लुकको स्वाधीनता प्रधानमन्त्री पदसँग साट्ने बस्तु हैन भनेका छन् ।
नेता गुरुङले भनेका छन्, ‘विदेशीले पनि बुझुन् यतिखेर प्रधानमन्त्री बनाउने खेलमा चासो दिनुको सट्टा खोप पठाई दिएको भए असल मित्र ठहरिने थियो ।’