सेती अस्पतालमा गरिएको परीक्षणमा थप ५३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १हजार२०३ नमूना परीक्षण गर्दा ५३४ जनामा सङ्क्रमण पुष्टी भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले केटिएम दैनिकलाई बताए ।
सङ्क्रमितमध्ये कैलालीको धनगढीका मात्रै २५ जना रहेका छन्। यस्तै धनगढीबाहेक कैलालीका ४०८जना र अन्य जिल्लाका १०१ जनामा संक्रमण पुष्टी भएको सूचना अधिकारी श्रेष्ठले बताए।
हाल अस्पतालमा ९८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये २ जना भेन्टिलेटरमा, १६ जना आइसियूमा, ८० जना अक्सिजन सपोर्टमा उपचाररत छन्।
पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट २ जना निको भई घर फर्किएका छन् भने थप ७ जना अस्पतालमा भर्ना भएका छन् ।यस्तै पछिल्लो २४ घण्टामा सेती अस्पतालमा थप ८ जना कोरोना संक्रमितको ज्यान गएको छ। हाल अस्पतालको इमर्जेन्सी वार्डमा १० पुरुष र ४ महिला गरी १४ जना उपचाररत रहेको अस्पताल प्रशासनले जनाएको छ । ।