धनगढी । दार्चुलामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला अस्पताल दार्चुलामा उपचाररत महाकाली नगरपालिका वडा नम्बर ५ गल्फैका एक पुरुषको विहिबार राती १० बजे मृत्यु भएको हो ।
मृतक पुरुषमा केहि दिन पहिले कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै दार्चुलामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।