विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रबाट कोरोना सङ्क्रमित पुरुष भागेका छन् । उपचाररत तेह्रथुमको लालीगुराँस नगरपालिका–२ वसन्तपुर घर भएका सङ्क्रमित अस्पतालबाटै भागेका हुन् ।
कोसी कोभिड अस्पतालका संयोजक बैजनाथ साहले केटिएम दैनिकलाई दिएको जानकारी अनुसार लालीगुराँस–का ५७ वर्षीय तुलाराम श्रेष्ठ बुधबार बिहानदेखि अस्पतालबाट भागेका हुन् । २७ वैशाखमा अस्पताल भर्ना भएका उनमा मानसिक समस्या जस्तो देखिएको साहले बताए ।
अस्पतालमा रहेका सुरक्षाकर्मीदेखि अन्य स्वास्थ्य कर्मचारीले समेत थाहा नपाउने गरी उनी पछाडिबाट भागेको हुनसक्ने साहको भनाई छ । परिवारलाई अस्पताल प्रशासन र सुरक्षा निकायले बारम्बार सम्पर्क गरिरहेको भएपनि अहिलेसम्म उनको खबर पत्ता नलागेको साहले बताए ।