नेपालको पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगको दोस्रो क्वालिफायरको ललितपुर एफसीलाई ३ गोलले हराउँदै काठमाडौं रेजर्स फाइनल प्रवेश गरेको छ । पहिलो हाफमा काठमाडौं रेजर्सले २ गोलको अग्रता लिएको लिएको थियो भने खेलको ६० औं मिनेटमा अर्को गोल गरेको हो ।
ललितपुरले खेलमा कुनैपनि गोल गर्न सकेन । लिगमा काठमाडौंले ललितपुरलाई लगातार दोस्रो पटक पराजित गरेको हो । यसअघि लिगको उद्घाटन खेलमा काठमाडौंले १–० को जित दर्ता गरेको थियो ।
यसअगाडी धनगढीसँग २- १ ले पराजित काठमाडौं ललितपुरमाथि ३-० को फराकिलो जित निकाल्दै फाइनलमा स्थान बनाएको छ । अब शनिबार दुवै टोली उपाधिको लागि भिड्नेछन्
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
खेलका केही तस्विरहरु