नेकपा माओवादी केन्द्रले आकस्मिक रुपमा स्थायी कमिटीको बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा ५ बजे देखि बैठक शुरु हुने भनिए पनि केही नेताको अनुपस्थितिमा बैठक शुरु भएको छैन ।
पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको हरिबोल गजुरेलले केटिएम दैनिकलाई जानकारी दिए ।