प्रदेश २ सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (इदुल्ल फित्र) को अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
मन्त्रालयले जारी गरेको सूचनामा प्रदेश सरकारको बर्षभरिको सार्वजनिक बिदाको सूचीमा ईद (इदुल्ल फित्र) पनि रहेकोमा उक्त पर्व बैशाख ३१ गते शुक्रबार पर्ने भएको उल्लेख छ ।
सूचनामा बिदाको दिन प्रदेशभरि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरु बन्द रहने व्यहोरा सबैको जानकारीको लागी अनुरोध गरिएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रण तिब्र रुपमा फैलिएसँगै प्रदेश २ का ८ वटै जिल्लामा निषेधाधा जारी गरिएको छ । केही जिल्लामा निषेधाज्ञाको अवधि लम्ब्याइएको पनि छ ।