निमोनिया एक गम्भीर रोग हो । यो रोग लागेमा फोक्सो सुनिन्छ र फोक्सोमा पानी जम्छ । समयमा नै लक्षणको पहिचान गरेर उपचार सुरु नगरे यो रोगले गम्भिर रुप लिन सक्छ । निमोनिया मुख्य रुपमा विषाणु वा जीवाणुको सकंमणबाट हुन्छ । यो ब्याक्टेरिया, भाइरस वा पेरासाइट्सको कारण पनि हुन्छ । यसको साथै सुक्ष्म जीव, औषधी र अन्य रोगको कारणबाट पनि हुन्छ ।
निमोनिया खासगरी ५ वर्ष भन्दा तल र ६० वर्ष भन्दा माथिका उमेर समुहलाई हुने सम्भावना धेरै हुन्छ । किनकी उनीहरुको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ ।
यस्ता हुन्छन् निमोनियाको लक्षण
निमोनिया हुँदा फ्लु जस्तो लक्षण महसुस हुन्छ । यो लक्षण विस्तारै–विस्तारै तिव्ररुपमा विकास हुन्छ ।
निमोनियाको मुख्य कारण खोकी हो ।
रोगीले कमजोर र थकाई महसुस गर्छन् ।
बिरामीलाई ज्वरो आउनुको साथै पसिना आएर काम्ने पनि गर्छन् ।
बिरामीलाई सास लिन कठिनाई भएर तिव्ररुपमा सास लिन थाल्छन् ।
छातीमा दुखाई हुन्छ ।
बेचैनी महसुस हुन्छ ।
भोक कम लाग्छ ।