नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ। पार्टी हितविरुद्ध गएको भन्दै स्पष्टीकरण सोधेर ६ महिनासम्म गरिएको निलम्बनको कारबाही एमालेले फुकुवा गरेको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवाको निर्णय लिएको हो।
वरिष्ठ नेता नेपालसहितले सांसद पदबाट राजीनामा दिएर विपक्षी गठबन्धनको बहुमत संसदमा पुर्याइदिने योजना बनाएपछि लचिलो भएका प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाही फुकुवाको निर्णय लिएका हुन्।