झापाको मेचीनगरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति मेचीनगर नगरपालिका–१० टीकापुरमा भएको सो दुर्घटनामा परी चालक चालक मेचीनगर नगरपालिका–१२ का ३० बर्षीय कुजैहाङ लिम्बूको मृत्यु भएको हो ।
हिजो राति सवा ९ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा६३प २७९० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई रोडको साइडमा रोकेर राखिएको भारतीय नम्बरको ट्रकमा ठोक्किएको थियो ।
सो दुर्घटनाबाट घाइते लिम्बूलाई उपचारको लागि बिएन्डसी अस्पताल बितामोड पठाएको थियो । उनको उपचारको क्रममा राति पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।