बलिउडमा केही कलाकारहरुले कथाले मागे पनि चुम्बन नगर्ने हठ लिएर बसेका छन् । त्यस्मा शिल्पा सेट्टी, सोनाक्षी सिन्हा, दिशा पटानी देखि लिएर अभिनेता सलमान खान समेत पर्छन् ।
तर यतिबेला राधे फिल्मको ट्रेलरको चर्चा भइरहेको छ जस्मा सलमान खान र दिशा पटानीको किस सिन देखाइएको छ । यही बिषयले अहिले बलिउड तातेको छ । धेरैले सलमानले बाचा पुरा नगरेको भनेका छन् भने केहीले आफ्नो मर्जी भनेर बहस गरिरहेका छन् ।
नायक सलमान खानले चलचित्रमा नायिकासँग चुम्बन नगर्ने वाचा बतोडेको बताउँछन् ।उनले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्–‘मैले दिशालाई होइन, उनको मुखमा लगाइएको टेपलाई चुम्बन गरेको हुँ । म यो वाचा तोड्ने पक्षमा छैन । सायद, अर्को चलचित्रमा तपाइले नायिका र मेरो विचमा ठूलो पर्दा देख्न सक्नुहुनेछ ।’
सलमानका अनुसार, यो चलचित्रमा दिशा र उनीविच चुम्बन आवश्यक थियो । तर, यसका लागि दिशाले मुखमा टेप लगाएकी छिन् ।
मे १३ बाट रिलिज हुन लागेको चलचित्र ‘राधे’लाई ओटीटी र केही हलमा रिलिज गरिनेछ । प्रभु देवाले निर्देशन गरेको यो चलचित्रमा सलमान, दिशाको साथमा ज्याकी श्राफ, रणदीप हुड्डा लगायतका कलाकारको मुख्य भूमिका छ ।