
भारतमा कोरोना सङक्रमण तिब्र गतिमा फैलिरहेको छ । सङक्रमित हुने र ज्यान गुमाउनेहरुको सङख्या दिनानुदिन बढिरहेको हुनाँले कलाकारहरु पनि गुप्तबास बसिरहेका छन् ।
बलिउडका केही कलाकारहरु सहयोग गर्नमा व्यस्त छन् भने केही छुट्टी मनाउन माल्दिभ्स पुगेका छन् । बलिउडमा चर्चा कमाउन सफल भएकी नेहा कक्कड र उनका श्रीमान भने फ्यानहरुको मन भुलाउनको लागि बिभिन्न पोष्टहरु गरिरहेका छन् ।
उनीहरुले फ्यानहरुको मन बहलाउन र कोरोना भाइरसको डरले मानसिक रुपमा बिचलित नहुन् भनेर फन्नी पोष्ट गरिरहेका हुन्छन् । उनीहरुको कतिपय भिडियोमा मज्जाक गरिएको हुन्छ ।
बलिउडकी चर्चित गायिका नेहा कक्कड आजकाल आफ्ना श्रीमान रोहन प्रित सिंहसँग आफ्नो वैवाहिक जीवनमा रमाइरहेकी छिन् । यो जोडीले सोसल मिडियामाफएत् आफ्नो प्रेम व्यक्त गरिरहन्छन् । प्रशंसक पनि नेहूप्रीतको जोडी नै निकै रुचाउँछन् ।
यसैबीच नेहा र रोहनको एउटा भिडियो सोसल मिडियामा निकै भाइरल भइरहेको छ, यो देखेर जो कोही अचम्ममा परिरहेका छन् । भिडियोमा यो जोडी हातपात गरिरहेकोदेखिएका छन् । यो भिडियोमा देख्न सकिन्छ कि नेहाले रोहनलाई जान भनिरहेकी छिन् । यसमा रोहनले नेहाको टाउकोमा बारम्बार हानिरहेको देख्न सकिन्छ ।
रोहनको यस्तो व्यवहार देखेर नेहालाई रिस उठ्छ र उनले पनि रोहनलाई कुट्छिन् । यदि तपाईंले विवाहको ७ महिनापछि नेहा र रोहनको सम्बन्धमा तित्तता आएको हो कि भनेर शंका गर्नुभएको छ भने यस्तो होइन भनेर बुझ्नुहोस् । वास्तवमा नेहाले यो भिडियो सेयर गरेर #khadTenuMainDassa लेखेकी छिन् । अर्थात्, यहाँ स्पष्ट छ कि यो नयाँ गीतको प्रामोशनको स्टाइल हो । हाल नेहा र रोहनको यो भिडियो तीब्र रुपमा भाइरल भइरहेको छ ।