नेपालमा कोरोना संक्रमण तिब्र गतिमा बढेको छ । अस्पताल तथा सरकारले हात उठाइसकेको अवस्था छ । सरकारले बाहिर फेर हिड्न रोक लगाउँदै लकडाउन गरेको छ । तर ललितपुरको जात्रामा भने धेरै मानिसहरुको भिड देखिएको छ ।
‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण गर्नको लागि सर्वसाधारणहरुको भिड लागेको हो । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनानुसार आज रथारोहण गरिएको छ ।
रथारोहण गर्ने साइत बिहानैको थियो । सो समयमा साङ्केतिक रूपमा मच्छिन्द्रनाथलाई हल्लाउने काम भयो । हाल विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड महामारीलाई ध्यानमा राखी सरकारले तोकेको नियम पालना गरी करुणामयलाई रथमा विराजमान गर्न लगिएको हो ।
लोकेश्वरलाई आज दिउँसो रथारोहण गर्न लानुपूर्व कटुवालदहबाट कलश यात्रा गरेको ल्याएको जल उहाँको पाउमा अर्पण गरिन्छ । सो काम गरेपछि पुजारीले भजन अनि पाठ गर्छन् । भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवको प्रतिनिधिका रूपमा केही मानिस तःबहाल उपस्थित भएपछि विधिपूर्वक मच्छिन्द्रनाथलाई रथारोहण गर्न पुल्चोक लगिने मूल पुजारी कमलराज बज्राचार्यले बताए । उनले भने, “लोकेश्वरलाई रथमा विराजमान गराउन लाँदा गुरुज्यूको पल्टनको उपस्थितिमा चारजना पानेजुले रथ बोक्छ्न भने एक व्यक्तिले लोकेश्वरलाई छाता ओठाउँछन् त अर्का एक व्यक्तिले हातमा खड्ग समाती जय–जयकार गर्दै पुल्चोक पु-याइन्छ ।”