
सुदूरपश्चिममा बुधबार १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कैलालीमा सबै भन्दा धेरै १० जनाको मृत्यु भएको छ । कञ्चनपुरमा ४ जनाले मृत्यु भएको प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ ।
यो संगै प्रदेशमा ज्यान गुमाउनेको संख्या २७० पुगेको छ । प्रदेशमा पछिल्लो २४ घन्टामा ७४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ११ जना निको भई घर फर्किएका छन् भने थप ५ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा सेती अस्पतालमा थप ३ जना कोरोना संक्रमितको ज्यान गएको छ।
हाल अस्पतालको इमर्जेन्सी वार्डमा २२ पुरुष र १० महिला गरी ३२ जना उपचाररत छन्।