
वितेको २४ घन्टामा काठमाडौं उपत्यकामा ३ हजार ९ सय भन्दा बढीमा सङ्क्रमण देखिएको छ ।
देशभरका प्रयोगशालामा २० हजार ३६२ जनाको पिसिआर गर्दा ४२४ जनाको एन्टिजेन परिक्षण गर्दा भेटिएका ९ हजार ३०५ सङ्क्रमितमध्ये काठमाडौं उपत्यकाका ३ हजार ९२४ रहेको मन्त्रालयले जनाएको छ ।
आज ललितपुरमा ४४८ भक्तपुरमा २२६ र काठमाडौंमा ३ हजार २५० जनामा सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।