नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या १ लाख नाघेको छ । कोरोना संक्रमण भएर अस्पतालमा उपचार गराइरहेका वा होम आइसोलेशनमा बसेकाहरुको संख्या १ लाख १ हजार ६३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
उनका अनुसार ७ हजार २९१ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने ९४ हजार ३४३ जना होम आइसोलेशनमा रहेका छन् ।
आज थप ९ हजार ३०५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ३६२ जनाको पिसिआर गर्दा ३ हजार २३८ र ४२४ जनाको एन्टिजेन परिक्षण गर्दा ६७ जनामा सङ्क्रमण देखिएको हो ।
आज ४ हजार ४४४ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।