सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा सेतीमा उपचाररत कैलालीको धनगढी उपमहानगरपालिकाका ३ जनाको मृत्यु भएको हो। धनगढी उपमहानगरपालिका–३ का ५० वर्षीय पुरुष, ३ कै ५४ वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया महिलाको ज्यान गएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले केटिएम दैनिकलाई बताए।