कैलालीमा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ।
जिल्लाको अत्तरिया स्थित सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–१ का ४७ वर्षीय पुरुषको ज्यान गएको हो।
मङ्गलबार अस्पतालमा उपचारका लागि पुगेका उनको एन्टिजेन विधिबाट परीक्षण गर्दा उनीमा कोरोना पुष्टि भएको थियो ।त्यसको केही घण्टापछि राति करिब ८ बजेतिर उनको मृत्यु भएको सामुदायिक अस्पतालका अध्यक्ष आनन्द भट्टले केटिएम दैनिकलाई बताए।
उनीमा अक्सिजनको मात्रा एकदमै कम रहेको र अस्पताल पुग्दा अक्सिजन दिएपनि बचाउन नसकिएको उनले जानकारी दिए ।