महाभारतको धेरै सुन्दर तर सत्य कथा जुन आजको अवस्थामा जीवनदायी सन्देशले भरिएको छ । एउटा पौराणिक कथा अनुसार कुरुक्षेत्रको रणभूमि ठुलो सेनाको आवागमनको लागि तयार भइरहेको थियो ।
त्यहाँ हात्तीहरूको प्रयोग रूखहरू उखाल्न र जमिन खाली गर्नका लागि भई रहेको थियो, तिनै रूखहरूमध्ये एउटा रुखमा एउटी भँगेरी चरी आफ्ना चार बच्चाहरूसँग बस्ने गर्थी । हात्तीहरूले रूख उखाल्दै गर्दा भँगेरी चरीको गुँड भुईँमा खस्यो, तर चमत्कारी ढङ्गले उसका सन्तानहरू बाँचे । तर उनीहरू अहिले धेरै साना भएकाले उडान गर्न असमर्थ थिए ।
कमजोर र डराई रहेकी भँगेरी चरीले मद्दतको लागि वरिपरि हेरि रहेकी थिई । त्यसै बेला उसले श्री कृष्णलाई अर्जुनसँगै आउँदै गरेको देखी । तिनीहरू युद्धको मैदानमा अनुसन्धान गर्न र युद्ध सुरु हुनु अघि विजयी रणनीति बनाउनका लागि त्यहाँ आएका थिए ।त्यो सानी भँगेरी चरी आफ्ना साना पखेटाहरूको बलमा उड्दै श्री कृष्ण कहाँ पुगी र भनी, – “हे श्री कृष्ण, कृपया मेरा बच्चाहरूलाई बचाउनुहोस्, किनभने भोलि लडाई सुरु हुँदा उनीहरू चक्नाचूर हुनेछन्”।
सर्व व्यापी परमेश्वरले भन्नुभयो, – “म तिम्रो कुरा सुनी रहेको छु, तर म प्रकृतिको कानुनमा हस्तक्षेप गर्न सक्दिन”। भँगेरी चरीले भनी, – “हे भगवान्, मलाई थाहा छ कि तपाईँ मेरो उद्धारक हुनुहुन्छ, त्यसैले अब म मेरा नानीहरूको भाग्य तपाईँलाई सुम्पिदिन्छु । अब तपाईँमाथि छ कि तपाईँ तिनीहरूलाई मार्नुहुन्छ वा बचाउनुहुन्छ”।
“काल चक्रमाथि कसैको केही चल्दैन,”श्री कृष्णले एक साधारण व्यक्ति सरह चरीसँग कुरा गरे जसबाट उनले केही गर्न नसकिने सङ्केत गरे। चरीले विश्वास र श्रद्धाका साथ भनी, – “प्रभु, तपाईँ कसरी गर्नुहुन्छ र के गर्नुहुन्छ, मलाई थाहा छैन । तपाईँ आफै कालका स्वामी हुनुहुन्छ, यो मलाई थाहा छ । म सम्पूर्ण स्थिति, परिस्थिति र स्वयं आफूलाई परिवार सहित तपाईँलाई समर्पण गर्दछु ।” भगवानले भन्नुभयो, – “त्यसो भए तिमी तीन हप्तासम्मको लागि आफ्नो गुँडमा खाना सङ्कलन गर ।”
भँगेरी चरी र श्रीकृष्ण बिचको संवाद बारे अनजान अर्जुनले भँगेरी चरीलाई त्यहाँ बाट भगाउन खोज्छन्। भँगेरी चरी आफ्ना पखेटा फुलाउँदै आफ्नो गुँडमा फिर्ता गई । दुई दिन पछि, शङ्खको उद्घोषबाट युद्ध सुरु गर्ने घोषणा गरियो । श्री कृष्णले अर्जुनलाई उसको धनु र तीर आफूलाई दिन आग्रह गर्नुभयो । अर्जुन चकित भए किनकि श्रीकृष्णले युद्धमा कुनै हतियार नउठाउने शपथ लिनुभएको थियो । त्यस बाहेक, अर्जुनलाई विश्वास थियो कि उनी आफू नै सबैभन्दा राम्रो धनुर्धारी हुन् ।
“प्रभु, मलाई आज्ञा गर्नुहोस्” अर्जुन विश्वस्त हुँदै बोले, “कुनै पनि कुरा मेरा तीरहरूका लागि अभेद्य छैन” । चुपचाप अर्जुनको धनुबाट श्री कृष्णले हात्तीलाई निशाना बनाए । तर, हात्तीलाई मार्नुको साटो, तीरले हात्तीको घाँटीमा झुन्डिएको घण्टीमा प्रहार गरे, एउटा चिंगारी उड्यो र घण्टी तल झर्यो । श्रीकृष्णले निशाना गुमाएको देख्दा अर्जुन मनमनै हाँसे र भने, – “के म प्रयास गर्न सक्छु ?” उनको प्रतिक्रियालाई बेवास्ता गर्दै, श्री कृष्णले उनलाई धनु फिर्ता दिए र भने कि भई सक्यो अब केही गर्नु पर्दैन।
“तर केशव, तपाईँले किन हात्तीलाई तीर हान्नुभयो ?” अर्जुनले सोधे “किनभने यो हात्तीले त्यो भँगेरी चरीको गुँडलाई रूखबाट भुईँमा खसाल्दिएको थियो”। “कुन भँगेरी चरी ?” अर्जुनले सोधे । “तर, हात्ती त अझै स्वस्थ र जीवित छ । केवल घण्टी मात्र भाँचिएर खसेको छ !” अर्जुनको प्रश्न अस्वीकार गर्दै श्री कृष्णले उनलाई शङ्ख फुक्न निर्देशन दिए । युद्ध सुरु भयो, अर्को १८ दिनमा धेरैको ज्यान गयो । अन्त्यमा, पाण्डवहरूले जीते । फेरी एक दिन, श्रीकृष्णले अर्जुनलाई आफूसँग सुदूर क्षेत्रको भ्रमण गर्न लगे । धेरै शवहरू अझै पनि रहेका थिए, जसले उनीहरूको अन्तिम संस्कारको परीक्षा गरी रहेका थिए । युद्धको मैदान रगताम्य थियो, जताततै मानव शरीरका अङ्गहरू र मारिएका हात्तीहरूले मैदान भरिएको थियो ।
श्री कृष्ण एक खास ठाउँमा रोकिए र हात्तीको गलामा बाँधिने घण्टी देख्दै उसको बारेमा सोच्न थाले । “अर्जुन”, श्रीकृष्णले भने,- “के तिमी यो घण्टीलाई उठाएर अलग एक ठाउँमा राख्न सक्छौ?”
निर्देश धेरै सरल थियो तर अर्जुनले बुझ्न सकी रहेका थिएनन् । आखिर, विशाल मैदानमा जहाँ अरू धेरै चीजहरू सफा गर्नु आवश्यक थियो, श्रीकृष्ण त्यो धातुको टुक्राको घण्टीलाई हटाएर अलग राख्न किन भनी रहेका होलान् । अर्जुनले प्रश्नपूर्वक श्रीकृष्ण तर्फ हेरे । “हो, यो घण्टी,” कृष्णले दोहोर्याए। “यो उही घण्टी हो जुन हात्तीको घाँटीमा थियो जसमा मैले एउटा वाण चलाएको थिएँ “।
अरू कुनै प्रश्न नगरी अर्जुन त्यो भारी घण्टी उठाउन झुके । घण्टी उठाउने बित्तिकै अर्जुन चकित परे….! उसलाई आफ्नो संसार सदाको लागि परिवर्तन भएको महसुस भयो ….. एक, दुई, तीन, चार र पाँच । चार बच्चा पन्छीहरू र त्यसपछि एउटा भँगेरी चरी त्यो घण्टी मुनिबाट निस्के । बाहिर आएर, आमा र साना चरा ठुलो आनन्द सँग श्रीकृष्णको वरिपरि घुम्न थाले । अठार दिन पहिले काटिएको घण्टीले सम्पूर्ण परिवारलाई सुरक्षित गर्यो ।
“मलाई क्षमा गर्नुहोस् प्रभु”, अर्जुनले विनम्रतापूर्वक हात जोड्दै श्रीकृष्णलाई भने ,”तपाईँलाई मानव शरीरमा देखेर र सामान्य मानव जस्तो व्यवहार गर्दा देखेर मैले बिर्सि सकेको थिएँ कि तपाई वास्तवमा को हुनुहुन्छ भनेर ।”
प्यारो साथीहरू,
अहिले बाहिर Covid-19 र 5G Testing रुपी “कलियुगी महाभारतको युद्ध” चली रहेको छ । एक दिन यी राक्षसहरू मर्ने छन् र मानव जाति जित्ने छ ! त्यसैले हामी पनि यस गुँड जस्तै “घर” मा परिवार सँग, संयम सँग, अन्न र पानी ग्रहण गर्दै, प्रभु माथि आस्था राख्दै आराम गरौँ । जबसम्म यी “घण्टी” रूपी प्रतिबन्धहरू हाम्रो लागि हटाइँदैनन् ।
जुन प्राप्त छ – पर्याप्त छ !!