
ज्योतिष शास्त्र अनुसार हात हेरेर भविष्य बताउने विषय त हामी सबैलाई थाहा भएकै कुरा हो । तर समुन्द्र शास्त्रले शरीरका विभिन्न भागका बनौट र त्यहाँ रहेका रेखाका आधारमा मानिसको भाग्य र स्वभाव बताउन सकिने बताउँछ । हातका मात्र होइन खुट्टाका रेखा पनि मानिसको स्वभाव र भाग्य विश्लेषणका लागि महत्त्वपूर्ण हुने यो शास्त्रमा उल्लेख छ ।
यहाँ समुन्द्र शास्त्र अनुसार खुट्टाका पैतालामामा हुने चिन्हको अर्थबारे चर्चा गरिएको छ । समुन्द्र शास्त्र अनुसार खुट्टाको कान्छी औंलाको फेदमा माथिमा माथितिर गएको रेखा छ भने यस्ता व्यक्ति भोगी र बिलासी हुन्छन् । यस्ता व्यक्ति समाजमा प्रतिष्ठित पनि हुन्छन् । यिनीहरू भाग्यमानी हुन्छन् र धनी पनि । त्यस्तै कुनै व्यक्तिको पैतालाको मध्य भागमा वृत्त अर्थात् गोलो आकृति छ भने यस्ता व्यक्ति धनी हुन्छन् । यिनीहरूले धन कमाउनकै लागि धेरै मेहनत गर्नु पर्दैन ।
जसको पैतालामा बुढी औँलाको फेदमा स्वस्तिक चिन्ह हुन्छ त्यस्ता व्यक्ति महापुरुष हुन्छन् । यस्ता व्यक्तिलाई विश्वले चिन्छ । भने, पैतालाको मध्य भागमा अर्धचन्द्राकर रेखा छ भने त्यस्ता व्यक्ति धनी भए पनि धनको मतलब नगर्ने हुन्छन् ।पैतालामा अङ्ग्रेजी अक्षर ‘त’ जस्तो आकृति छ भने त्यस्ता व्यक्ति भाग्यशाली हुन्छन् । यस्ता व्यक्तिले व्यापारमा निक्कै सफलता पाउँछन् ।