
खतरो के खिलाडीको सिजन ११ का लागि सबै प्रतियोगीहरु केपटाउन पुगेका छन् । यसपटक दिब्यांका त्रिपाठी जस्ता प्रसिद्ध सेलिब्रेटिजले पनि यस प्रतियोगितामा सहभागीता जनाउँदै छिन् ।
यी सबैका बिच १८ बर्षिया अनुष्का सेन पनि प्रतियोगितामा देखिने छिन् । उनी यस प्रतियोगिताका लागि युवा खेलाडी हुन् । उनी अहिले आएर चर्चामा रहेकी छिन् । १८ बर्षिया अनुष्काले ७ बर्षको उमेर देखी टेलिभिजनमा आउने सिरियलहरुमा काम गर्न सुरु गरेकि हुन् ।
उनले सन् २००९ मा जी टिभी मा आउने सिरियल यहाँ मै घर घर खेली बाट आफ्नो करियरको सुरुवात गरेकी हुन् । त्यसपछि थुप्रै टेलिभिजनमा आउने देबोका देब महादेब, बालबिर, झाँसीकी रानी लगायतका सिरियलहरुमा देखिदै आएकी छिन् । हेरौ उनले खतरो के खिलाडीमा दर्शकको मन कत्तिको जित्ने हुन् ।