
नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले कोभिड–१९ दोस्रो लहरको उच्च जोखिमसङै प्रदेश मातहतका जिल्ला शाखा आबद्ध अग्र मोर्चामा क्रियाशील पत्रकार लक्षित हुँदै स्थापना गरेको कोभिड पत्रकार राहत कोषको तर्फबाट आज कोभिड सङ्क्रमित पत्रकार हेमराज ढकाललाई रु १० हजार राहत उपलब्ध गराएको छ ।
प्रदेश समितिका अध्यक्ष श्रीजन झा, सचिव रोशनराज पाण्डेको उपस्थितिमा समितिका कोषाध्यक्ष अर्जुन पन्तले महासङ्घ भक्तपुर शाखाका अध्यक्ष जगत प्रजापति मार्फत राहत वितरण कार्यविधि अनुरूप शाखा समितिका सहसचिव समेत रहेका पत्रकार ढकाललाई उक्त रकम हस्तान्तरण गरेको हो । त्यस अवसरमा प्रदेश समितिले अध्यक्ष प्रजापतिलाई मास्क समेत उपलब्ध गराइएको थियो ।

पत्रकार ढकाल पछिल्लो समय कोभिड सङ्क्रमित भई मध्यपुर ठिमी अस्पतालको आइसियुमा उपचार पछि सङ्क्रमण मुक्त भएको महासङ्घ भक्तपुरले जनाएको छ ।